Rule 45B
गन्तव्य मुलुक विशेषको लागि मात्र संस्था छनौट गर्न सकिने
नेपाल सरकार र कुनै गन्तव्य मुलुकबीच भएको सम्झौतामा स्वास्थ्य परीक्षण सम्बन्धमा छुट्टै व्यवस्था भएको भए सो बमोजिम उक्त गन्तव्य मुलुकमा मात्र रोजगारीको लागि जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनको लागि मन्त्रालयमा सूचिकृत स्वास्थ्य संस्थाहरुमध्येबाट छनौट गर्न यस नियमावलीमा भएको व्यवस्थाले बाधा पुऱ्याएको मानिने छैन ।